
काठमाडौं, १ भदौ- इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नयाँशाखा स्थापना गरेको छ । वल्र्डलिङ्कले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ । नयाँ शाखा विस्तारपछि ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्ने कम्पनीको विश्वास छ । हाल वल्र्डलिङकको उपत्यकाभित्र ६ वटा शाखा रहेकोमा १५ वटा शाखा तत्काल विस्तार गर्ने योजना बनाएको छ भने र उपत्यकाबाहिर बाहिर २१ वटा शाखा काठमाडौं रहेकोमा आवश्यकता अनुसार सबै ठाउँमा स्थापना गर्ने योजना रहेको जनाएको छ । अहिले वल्र्डलिङ्कले १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवाको योजना समेत सार्वजनिक गरेको छ । यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ ।