
गुल्मी सदरमुकाम तम्घास नजिक रहेको रेसुङ्गा विमानस्थलमा आइतवार पहिलो डेमो उडान हुँदैछ । तारा एयरको विमानले आइतवार उडान गर्न लागेको हो । पहिलो उडानमा गुल्मीका सांसद कांग्रेस नेता चन्द्र भण्डारी, एमाले उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाक्रीलगायत काठमाडौंबाट गुल्मी जाँदैछन् ।
विमानस्थान सञ्चालनका लागि पहल गरेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले तत्कालका लागि हप्तामा एउटा उडान गर्ने सहमति भएको जानकारी दिए । विमानस्थल सञ्चालनमा आएपछि गुल्मी, अर्घाखाँची र प्युठानका नागरिक लाभान्वित हुनेछन् ।
२०७५ जेठ २५ गते परीक्षण उडान सफल भएकोमा त्यसयता नियमित उडान हुन सकेको थिएन ।