१० साउन २०८३, आइतबार

काठमाडौं आइपुगे नयाँ चिनियाँ राजदूत चन सोङ

काठमाडौं आइपुगे नयाँ चिनियाँ राजदूत चन सोङ

नेपालका लागि चिनियाँ राजदूत चन सोङ आइतवार काठमाडौं आइपुगेका छन् । उनी नेपालमा २२औँ चिनियाँ राजदूतको रुपमा कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका हुन् । 

निवर्तमान चिनियाँ राजदूत होउ यान्छी कार्यकाल समाप्त भएर चीन फर्किएपछि उनी नयाँ राजदूतका रुपमा नेपाल आइपुगेका हुन् । 

नेपाल आएलगत्तै राजदूत सोङले २२औँ चिनियाँ राजदूत रूपमा काम गर्न पाउनु आफ्नो लागि सौभाग्य र ठूलो सम्मानको कुरा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपालको सौन्दर्य र अनुपम संस्कृति देखेर छक्क परेको पनि बताएका छन् ।

राजदूत सोङले भनेका छन्, ‘नेपालमा २२औँ चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु मेरो लागि सौभाग्य र ठूलो सम्मानको कुरा हो । आज काठमाडौं आइपुगेको, यहाँको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर म छक्क परेँ र जनताको दया र न्यानोपनबाट प्रभावित भएँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्