१५ असार २०८३, सोमबार

चीनमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २२ घाइते

पुस २४, २०७९
चीनमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २२ घाइते

चीनको दक्षिणी भागमा रहेको नानचाङ शहरमा आइतवार सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । 

चिनियाँ नयाँ वर्षमा दिइने बिदाका कारण सवारी आवागमन बढेसँगै घटना भएको अधिकारीहरूले बताएका छन् । 

कतवटा गाडी ठोकिएको भनी तत्कालै स्पष्ट नभए पनि दुर्घटनाको कारणका विषयमा अनुसन्धान चलिरहेको त्यहाँको ट्राफिक प्रहरीले जनाएको छ । 

जिमु न्युज नामक स्थानीय वेबसाइटले एकजना स्थानीय बासिन्दालाई उद्धृत गर्दै दिएको खबरअनुसार, ताओलिङ गाउँमा मलामी गएका व्यक्तिहरूले सडकछेउमा टेन्ट बनाएर बसेका थिए । ग्रामीण चीनमा त्यस्तो किसिमको चलन छ । 

उनीहरू गाउँको शवदाहगृहमा जान लाग्दा बिहानीपख कुहिरो लागेको बेलामा सडकमा गुडिरहेका ट्रकले उनीहरूलाई कुल्चेको बताइएको छ ।

तङ थर भएकी महिलाले आफ्ना छिमेकीहरू दुर्घटनाको शिकार बनेको बताइन् । 

चीनमा थाकेका सवारीचालक तथा खराब वा बढी भार बोकेका वाहनहरूका कारण ठूला दुर्घटना हुने गरेको भए पनि कडा नियम लगाइएपछि आजकल दुर्घटना कम हुन थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्