१३ असार २०८३, शनिबार

गृहको परिपत्रपछि बन्द भए कपिलवस्तुका ३३ क्रसर उद्योग

गृहको परिपत्रपछि बन्द भए कपिलवस्तुका ३३ क्रसर उद्योग
प्रतीकात्मक तस्वीर

कपिलवस्तुमा अवैध रूपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।

जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थामा थिए ।

मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । 

यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कतिपय उद्योग पनि सञ्चालनमा छन् ।

त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए ।

शिवराज नगरपालिकामा रहेका ११ वटा, विजयनगर गाउँपालिकामा रहेका दुईवटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेका एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्