
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समिति बैठकले सरकारलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुर दिएको छ ।
लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार सरकारले विश्वासको मत मागे के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि अध्यक्ष ठाकुरलाई अधिकार दिइएको हो।
त्यसबाहेक मधेश प्रदेशको संसदीय दलको संशोधित विधानलाई समेत बैठकबाट अनुमोदन गरिएको उनले बताए।
बैठकले संगठन विस्तारको कामलाई पनि यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको उनले बताए ।