२६ असार २०८३, शुक्रबार

प्रदेश १ : नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि, सँगसँगै मन्त्रिमण्डल विस्तार

पुस २४, २०७९
प्रदेश १ : नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि, सँगसँगै मन्त्रिमण्डल विस्तार

नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ सोमवार दिउँसो हुने भएको छ ।

सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतवार नै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
 
मुख्यमन्त्री कार्कीले सानो आकारका मन्त्रिमण्डल पनि भोलि नै विस्तार गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनमा भएका दलहरूलाई समेटेर उनले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । एमाले, माओवादी, राप्रपा र जसपालाई पनि समेटेर मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । 

प्रदेशसभा नै खारेजको माग गर्दै आएको राप्रपा पनि पहिलो चरणमै सरकारमा जाने भएको छ । ‘पहिलो चरणमै सरकारका जाने सहमति भएको छ,’ राप्रपा संसदीय दलका नेता सिटौलाले भने, ‘हाम्रो पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने आइतवारै रातिसम्ममा टुंगो लगाउँछौं ।’

मन्त्रालयको टुंगो लागिनसकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्