२८ असार २०८३, आइतबार

सशस्त्र प्रहरीले गर्‍यो केबलकार रोकिएमा गरिने उद्वार सम्बन्धी अभ्यास

सशस्त्र प्रहरीले गर्‍यो केबलकार रोकिएमा गरिने उद्वार सम्बन्धी अभ्यास

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केबलकार प्राइभेट लिमिटेडको सहकार्यमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको हो । 

मनकामना केबलकारमा दर्शनार्थी चढेको समयमा कुनै कारणवश केवलकार रोकियो भने छिटो र सजिलो तरिका अपनाई उनीहरूको उद्वार कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले अभ्यास गरिएको हो ।

घिर्नीको सहयोगमा डोरीको माध्यमबाट केबलकारमा अड्किएकाहरूलाई सजिलैसँग उद्वार गर्न सकिने तरिका अभ्यासमा देखाइएको थियो ।     भविष्यमा आइपर्न सक्ने समस्यालाई सजिलैसँग समाधान गर्न सकियोस् भन्ने उद्देश्यले गरिएको रोप रेस्क्यु अभ्यासमा शिक्षालयमा कार्यरत विपद् व्यवस्थापन सम्बन्धी दक्ष सशस्त्र प्रहरी कर्मचारीको सहभागिता थियो ।  

यसअघि शिक्षालयले आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरूको खोज तथा उद्वार, उनीहरूलाई दिइने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरी अभ्यास समेत गर्दै आइरहेको सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्