२४ असार २०८३, बुधबार

औषधिसँग स्पिरिट खुवाउँदा किशोरीको मृत्यु प्रकरण-आयोगको गम्भीर ध्यानाकर्षण

औषधिसँग स्पिरिट खुवाउँदा किशोरीको मृत्यु प्रकरण-आयोगको गम्भीर ध्यानाकर्षण

सिरहाको मिर्चैयामा भएको घटनाप्रति मधेसी आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिर्चैयाको सगरमाथा मा.वि कक्षा-८ मा अध्ययनरत  एक बालिकालाई महिनावारीले पेट दुख्दा शिक्षिकाले  औषधिसँग स्पिरिट खुवाउँदा बालिकाको मृत्यु भएको थियो ।

आयोगका सदस्य जिवछ साहले सो घटना सम्बन्धमा जिल्लाका प्रजिअसहितका सुरक्षा निकायका प्रमुखसँग टेलिफोन सम्पर्क गरी जानकारी लिँदै छिटो सत्य तथ्य अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । 

घटनाको जानकारी भएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता संवेदनशील घटनामा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए । 

सो घटनाको स्थलगत अनुगमनको लागि आयोगले एक टोली समेत पठाउने भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्