०८ असार २०८३, सोमबार

बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन निर्देशन

कात्तिक २०, २०७४
बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन निर्देशन

टीकापुर, १ भदौ - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन मातहतका निकायलाई आज निर्देशन दिनुभएको छ ।sher

कैलालीको टीकापुर र भजनी क्षेत्रमा बाढीग्रस्त क्षेत्रको हवाई निरीक्षणपछि  टीकापुरस्थित हवाई मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राज्यका सबै निकाय राहत वितरणमा खटिएको जानकारी दिँदै बाढी र डुबान प्रभावितले भोकभोकै बस्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो  । प्रधानमन्त्री देउवाले भन्नुभयो, “बाढीले पु¥याएको नोक्सानप्रति राज्य निकै चिन्तित छ, प्रकोपको सामना गरेर बाढीपीडितलाई राहत दिन अगाडि बढ्नुपर्छ ।”

सो अवसरमा कैलालीका निमित्त प्रजिअ मोहन जोशीले जिल्लामा मानवीय क्षति नभएको  तर तीन हजार १२३ घरधुरी बाढीका कारण विस्थापित भएको जानकारी दिनुभयो ।   उहाँले विस्थापित परिवार हुलाकी सडक र विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेको र उनीहरुलाई विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरणको काम भइरहेको बताउनुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले टीकापुर र भजनी नगरपालिकाका साथै जानकी गाउँपालिकामा डुबानपछिको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा  प्रधानमन्त्र िदेउवाले डुबान पीडितलाई राहत प्रदान गर्न टीकापुर र  भजनी नगरपालिका तथा जानकी गाउँपालिकाका जनप्रतिनिधिलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।   टोलीमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत सहभागी हुनुहुन्थ्यो  ।

salt training

कमेन्ट गर्नुहोस्