०२ असार २०८३, मंगलबार

स्वरोजगार व्यापार श्रमिक संघले आज वार्षिकोत्सव मनाउँदै

स्वरोजगार व्यापार श्रमिक संघले आज वार्षिकोत्सव मनाउँदै

नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आफ्नो २१ औं वार्षिकोत्सव आज सोमबार मनाउँदै छ । कार्यक्रममा आज सरकारले स्वरोजगार श्रमिकलाई विना विकल्प विस्थापित गर्ने, धरपकड गर्ने र सामान जफत गरी लिलाम गर्नेजस्ता अमानवीय व्यवहारको विरोध हुने आयोजकले जनाएको छ । 

स्थापना दिवसको अवसरमा आज संघले सुनधारा, एनएसी, रत्नपार्क हुँदै नेपाल ल क्याम्पससम्म प्रदर्शन गर्ने जनाएको छ । संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार संघले सरकारको ज्यादतीविरुद्ध नियमित विरोध कार्यक्रम गर्दै आएको र आजको कार्यक्रम त्यस कदमको समीक्षा गर्दै थप संघर्षको कार्यक्रम अगाडि बढाउने निर्णय लिनेछ । विहान ११ बजेदेखि र्याली प्रदर्शन र दिउँसो १२ बजेदेखि औपचारिक कार्यक्रम शुरु हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्