
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संसद् राष्ट्रका समस्या समाधान गर्न सार्थक थलो बन्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो संसद्को अर्जुनदृष्टि समृद्धि र सुशासन हुने बताएका हुन् ।
‘हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं, संसद् सार्थक संवादको थलो बन्नेछ,’ आफ्नो लिखित सम्बोधनमा प्रचण्डले भने ।
विगतमा संसद्मा लामो सम्बोधन गर्ने गरेका प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा लिखित सम्बोधन गरेका हुन् ।
प्रचण्डपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलका थिए । उनले प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित सांसदहरूलाई बधाई दिए ।