
दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ ।
पछिल्लो समय खुकुरी रमले खेलहरूको प्रवद्र्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरूमा सहकार्यको अभ्यास शुरू गरेको हो ।
हालै खुकुरी रमले १ नम्बर प्रदेशको एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि आफूहरूले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिए ।
खुकुरी रमले खेलहरूको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरूमा सहकार्य गरेको यो पहिलोपटक भने होइन । यसअघि फूटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेस्ट प्रिमियर लिगमा समेत आफूहरूले सहकार्य गरेको अधिकारीले बताए ।
आफूहरूले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवद्र्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रूपमा रहेका खेलाडीहरूको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ ।
खुकुरी रमले आगामी दिनमा समेत खेलहरूको प्रवद्र्धनमा सहकार्यको यो शृंखलालाई जारी राख्ने उनको भनाई छ ।
खुकुरी रमले हिमाल सरसफाई, दुर्गमका अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्रीमा सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ ।