०९ साउन २०८३, शनिबार

कांग्रेस ठूलो दलको रूपमा देश र जनताका लागि रचनात्मक बन्छ : शेरबहादुर देउवा

कांग्रेस ठूलो दलको रूपमा देश र जनताका लागि रचनात्मक बन्छ : शेरबहादुर देउवा
फाइल फोटो

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको सबलीकरण गर्नुपर्ने बताएका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदमाथि धेरै अभिभारा भएको भन्दै रचनात्मक बन्नुपर्ने जिम्मेवारी भएको बताएका हुन् । 

‘नयाँ संसदले संविधानको सुरक्षा, कार्यान्वयन, गणतन्त्रको सबलीकरणमा योगदान गर्न सक्नुपर्छ,’ देउवाले भने, ‘हामी सबै सफल हुन सकौं ।’ 

आफ्नो नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएर लोकतन्त्रलाई एउटा बाटोमा हिँडाएको देउवाले बताए । आफ्नो पार्टीलाई ठूलो दल बनाएको भन्दै देउवाले नागरिक र मतदातालाई धन्यवाद दिए । 

देश र जनताको लागि ठूलो दलको रूपमा कांग्रेस रचनात्मक बन्ने पनि देउवाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्