०६ साउन २०८३, बुधबार

कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते

कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते

सुर्खेत । कर्णाली प्रदेशमा माघ १ गते सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ ।

प्रदेश सभाको सोमबार बसेको दोस्रो बैठकले सभामुख, उपसभामुख निर्वाचनको मिति तय गरेको हो । 

प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले प्रदेश सभा नियमावलीको नियम ७ बमोजिम माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचनको मिति तोकेका हुन् । प्रदेश सभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्रमा सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

सत्ता साझेदार दलका शीर्ष नेताको आइतबार सम्पन्न बैठकले कर्णालीमा सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले लिने सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्