०९ साउन २०८३, शनिबार

प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा सांसदका विभिन्न पोज [तश्वीरहरू]

प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा सांसदका विभिन्न पोज [तश्वीरहरू]

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि संघीय संसदको पहिलो बैठक आज बसेको छ। संसदको पहिलो बैठकका दिन अधिका‌ंश शीर्ष दलका नेताहरूले सम्बोधन गरे। 

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमाथि धेरै अभिभारा भएको भन्दै रचनात्मक बन्नुपर्ने बताए। आफ्नो पार्टीलाई ठूलो दल बनाएको भन्दै देउवाले नागरिक र मतदातालाई धन्यवाद दिए । 

त्यस्तै प्रधानमन्त्री तथा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संसद् राष्ट्रका समस्या समाधान गर्न सार्थक थलो बन्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै नेकपा ‌एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आफूले अघिल्लो पटक गरेको संसद विघटन गरेर जनतामा जाने काम प्रतिगमन नभएको दाबी दोहोर्‍याए। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने राप्रपा अस्थिरताको कारक नबन्ने बताए। आफूहरू कसैलाई निषेध गरेर जाने पक्षमा नभएको भन्दै उनले मिलेर अगाडि बढ्ने बताए। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पटक–पटक सरकार विघटन हुने विगतबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ४ मंसिरको चुनावमा आफूहरूले पाएको मत निराशाको नभई आशाको मत भएको बताए। 

जनताको मतअनुसार सरकार बनेको भन्दै उनले नागरिकसँग गरिएका वाचालाई सरकारको न्यूनतम् साझा कार्यक्रममा समेटेर नागरिकमा उत्साह जगाउने आशा दिलाए। 

salt training

कमेन्ट गर्नुहोस्