२३ जेठ २०८३, शनिबार

प्रचण्डका ज्वाइँ जीवन विना विभागीय मन्त्री नियुक्त

पुस २९, २०७९
प्रचण्डका ज्वाइँ जीवन विना विभागीय मन्त्री नियुक्त

१ नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य विना विभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । आचार्यसँगै माओवादीका २ र नेकपा एमालेका १ मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्डको दबाबमा ज्वाइँलाई मन्त्री नियुक्त गरिएपछि माओवादीभित्र चर्काे असन्तुष्टि देखिएको छ ।

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । माओवादीका जीवन आचार्य र दुर्गाप्रसाद चापागाईं तथा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्