२२ जेठ २०८३, शुक्रबार
अनुगमनमा मन्त्री

अलपत्र सडक अनुगमनपछि नारायणकाजीले भने – तमासा हेरेर बस्दैनौं, दोषीमाथि कारवाही हुन्छ

अलपत्र सडक अनुगमनपछि नारायणकाजीले भने – तमासा हेरेर बस्दैनौं, दोषीमाथि कारवाही हुन्छ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक अलपत्र पार्ने ठेकेदारमाथि कारवाही हुने बताएका छन् ।

वर्षौंसम्म अलपत्र सडकका कारण चालक, पैदलयात्री र सडक वरपर बस्नेले पाएको सास्तीप्रति उनले माफी मागे । 

शुक्रवार काठमाडौं उपत्यकाका विभिन्न स्थानको सडक अनुगमनपछि मन्त्री श्रेष्ठले अलपत्र सडकबारे सरकार तमासा हेरेर नबस्ने बताए । ‘कतिपय राज्यले गर्नैपर्ने कामका कारण पनि सडक बिग्रिएका छन्, विद्युत् प्राधिकरणले अण्डर ग्राउण्ड केवलिङको काम गरेको छ । मेलम्चीले पानी टेस्ट गर्दा पनि भएका छन्,’ श्रेष्ठले भने, ‘राज्यका निकायले तदारुकताका साथ काम नगरेका कारण रोकिएको सडक निर्माणको कामका लागि समन्वय गरेर प्रभावकारी कार्यन्वयनमा लैजान्छौं ।’ 

ललितपुरको भैंसेपाटी सडकमा पनि श्रेष्ठ पुगेका थिए । मन्त्री आउने भनेपछि ठेकेदारले बाटो सम्याएर पानी हालेको थियो । ‘सडक अलपत्र पार्ने कसैलाई छुट दिनेवाला छैनौं, सकारात्मक हस्तक्षेपको परिणाम केही दिनमा देखिन्छ,’ श्रेष्ठले भने । 

मन्त्री श्रेष्ठले भैंसेपाटी लगायत काठमाडौं उपत्यकाका रुग्ण सडक परियोजना सबैलाई कसरी छिटो सम्पन्न गर्ने भन्नेबारे ठेकेदार सहितको बैठक बसेको जानकारी दिए । ‘हामीले लिखित प्रतिबद्धताको माग गरेका छौं, ३ महिनाभित्रमा सबै पिच गर्ने कुरा गरेका छन्, सरकारले सडक अलपत्र हुन दिँदैन,’ उनले भने । 

मन्त्री बनेलगत्तै श्रेष्ठले भत्काइएका सडक निरीक्षणमा गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्