×

NMB BANK
NIC ASIA

सभापति देउवाको वचन- नेविसंघसहित भ्रातृ संस्थालाई एक हप्ताभित्रै पूर्णता दिन्छु

पुस २९, २०७९

NTC
Premier Steels

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघसहित केही भ्रातृ संस्थालाई एक साताभित्रै पूर्णता दिने तयारी गरेका छन् । सभापति देउवाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र तरुण दल अध्यक्ष विद्वान् गुरुङसँगको छलफलमा एक साताभित्रै पूर्णता दिने वचन दिएका हुन् ।

Muktinath Bank

५ चैतमा स्ववियुको चुनाव नजिक आएपछि देउवाले पहिले नेविसंघ केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने गरी तयारी बढाएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘५ चैतमा स्ववियुको पनि चुनाव आइसकेकको छ । यसैले पनि नेविसंघको केन्द्रीय समितिले पूर्णता नपाउँदा समस्या हुने कुरा उठेको छ’, भेटमा सहभागी भएका एक नेताले भने, ‘सभापतिले पहिले नेविसंघलाई यही हप्ताभित्र पूर्णता दिने वचन दिनुभएको छ । त्यसपछि अरू भ्रातृ संस्थाले पनि पूर्णता पाउनेछन् भन्ने बुझेका छौं।’


Advertisment
Nabil box
Kumari

नेविसंघमा १०१ देखि १५० बीचमा कार्यसमिति बनाउने गरी छलफल भइरहेको बुझिएको छ । नेताले आवश्यकता महसुस गरे पदाधिकारी पनि चयन हुने नभए केन्द्रीय सदस्य मात्रै थपिने जानकारी ती नेताले दिए ।

Vianet communication

पदाधिकारी र पूर्वपदाधिकारीको दबाब

बिहीबार देउवा निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको छलफलमा पनि भ्रातृ संस्थामा अध्यक्ष मात्रै चयन गर्दा काम गर्न नसकेको भन्दै छिटो पूर्णता दिने समझदारी बनेको थियो । ‘एउटा जिवन्त पार्टीमा भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु भनेको दुखद् हो । यसैले छिटो यस्ता संस्थालाई पूर्णता दिन माग गरेका थियौं । सभापतिले पनि भ्रातृ संस्थालाई अब रोक्दिनँ भन्नुभएको छ’, ती नेता भन्छन्, ‘भ्रातृ संस्थालाई पूर्णता दिएर मात्रै केन्द्रीय समितिको बैठक डाक्ने तयारीस्वरूप माघ १५ मा पुर्‍याएको जानकारी पाएका छौं ।’

यी संस्थापमा अहिलेसम्म अध्यक्ष मात्रै 

लामो समयसम्म महाधिवेशन हुन नसकेपछि महाधिवेशन गराउन सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दल अध्यक्षमा विद्वान् गुरुङलाई चयन गरेको चैतमा १० महिना नाघेको छ । त्यस्तै नेपाल महिला संघमा उषा राउत, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगर र किसान संघमा गणेश चन्दलाई अध्यक्ष चयन गरेको पनि लामो समय भइसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x