२३ जेठ २०८३, शनिबार

सुजाता केसीले ल्याइन् ‘पाइएन ओखती’

सुजाता केसीले ल्याइन् ‘पाइएन ओखती’

गायिका सुजाता केसीले नयाँ रमाइलो गीत सार्वजनिक गरेकी छिन् ।

शुक्रबार गायक हरि गिरी विमर्शी र गायिका केसीको स्वरमा ‘पाइएन ओखती’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा गायक विमर्शीकै शब्द एवं संगीत, एचबिएन किस्मतको एरेन्ज छ । 

भिडियोलाई निर्देशन गरेका हुन् काजिश श्रेष्ठले । अहिलेका चल्तापुर्जा निर्देशक श्रेष्ठकै कोरियोग्राफी भिडियोमा हेर्न सकिन्छ । 

भिडियोमा निर्देशक श्रेष्ठ स्वयमसँगै लोमश शर्मा, करिश्मा ढकाल, आभा थापा फिचर्ड छन् । गायक–गायिकालाई समेत भिडियोमा प्रस्तुत गरिएको छ ।

दिल दुखेको औषधि नपाएको कुरा यस गीतमा गरिएको छ । 

अजय रेग्मी र उनको टिमको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

गायिका केसीको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्