२९ जेठ २०८३, शुक्रबार

मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न

मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा सम्पन्न

यस मञ्जुश्री फाइनान्स लिमिटेडको १५ औं वार्षिक साधारण सभा आज (पौष २९) गते थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँबानेश्वरमा सम्पन्न भएको छ।

साधारण सभाद्वारा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात तथा २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणउपर छलफल गरी पारित भएको छ।

केन्द्रीय कार्यालयसहित २७ शाखा रहेको यस फाइनान्सको २०७९ साल मंसिर मसान्तसम्म १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरी ११.५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, अनलाइन खाता र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदर दिँदै आएको छ ।

कमेन्ट गर्नुहोस्