२२ जेठ २०८३, शुक्रबार

ए डिभिजन र बी डिभिजन लिगको मिति तोकियो

ए डिभिजन र बी डिभिजन लिगको मिति तोकियो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन र बी डिभिजन लिगको मिति तोकेको छ । शुक्रबार बसेको एन्फा कार्यसमिति बैठकले फागुन १९ देखि ए डिभिजन लिग र चैत १५ देखि बी डिभिजन लिग गर्ने निर्णय गरेको हो । 

त्यसका लागि अध्यक्ष पंकज विक्रम नेम्वाङ संयोजक रहने गरी सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्य रहन गरी लिग सञ्चालन समिति गठन गरिएको छ । लिगमा ए र बी डिभिजनतर्फ टिकट दर पनि निर्धारण गरिएको छ ।

जसअनुसार ए डिभिजन लिगका लागि भीआईपीतर्फ ३०० र साधारणतर्फ १०० रुपैयाँ निर्धारण गरिएको एन्फाको विज्ञप्तिमा उल्लेख छ । यसैगरी बी डिभिजनतर्फ १०० रुपैयाँ टिकटदर निर्धारण गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्