चैत ६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेश गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया शुरू भएको छ । उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रत...
२०५३ सालमा लेटर प्रेसको कम्पोजर तथा पत्रिका वितरकको काम गरेका बाबुराम गौतम १ नम्बर प्रदेश सभाको सभामुख भएका छन् । ओखलढुंगाको पोकलीमा जन्मेका गौतम काठमाडौंमा पत्रिका वितरक भएका थिए ।
सामान्य परिवारमा जन्मेका उनले आफ्नो पढाइ खर्च जुटाउनका लागि पत्रिका बेचेका थिए । नेकपा मसालको राजनीति शुरू गरेका गौतम २०५२ सालदेखि माओवादी राजनीतिमा होमिएका थिए ।
जंगलमा पानी समेत नखाई ओडारमा बिताएका दिनहरू यादगार रहेका उनले बताए । ‘२०५९ सालमा ओखलढुंगाकै इल्मु भन्ने ठाउँ छ । त्यहाँभन्दा माथि अक्करको भीर छ । हामी त्यही भीरमा बसेर जनयुद्धमा लड्ने योजनाहरू बनाउँथ्यौं । त्यो थाहा भएर होला तत्कालीन नेपाली सेनाले अप्रेसन शुरू गर्यो । हवाई गस्तीसहित ठूलो अप्रेसन थियो । उसले लिनदिनसम्म अप्रेसन गर्यो, त्यतिबेला पानी समेत नखाई बसेका थियौं तर हामीलाई सेनाले पत्ता लगाउन सकेन र बाच्यौं,’ उनले भने ।
माओवादी जनयुद्धको समयमा पार्टीले घोषणा गरेको ‘जिल्ला जनसरकार’ उपप्रमुख समेत भएका थिए गौतम । संसदीय यात्रा उनको पहिलो हो । पहिलो संसदीय यात्रामै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचन २०७९ मा नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित गौतम सर्वसम्मत रूपमा सभामुख निर्वाचित भएका हुन् । ४९ वर्षीय गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।
गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका थिए । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनी अनेरास्ववियुमै आवद्ध थिए । उनी आरआर क्याम्पसमा स्ववियु सभापतिमा समेत उठेका थिए तर उनी पराजित भएका थिए ।
२०५२ फागुन १ गते माओवादी केन्द्रले जनयुद्ध शुरू गर्दा उनी पार्टीको काठमाडौं–ओखलढुंगा सम्पर्क समितिको सचिव थिए । उनी २०५४ देखि २०५६ सालसम्म जेल परेका थिए । उनी ४ पटक जेल परेका थिए । २०५७ सालदेखि २०६० सालसम्म उनले ओखलढुंगा जिल्लाकै नेतृत्वमा रहेर पार्टीको काम गरेका थिए ।
२०६० सालमा उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका थिए । उनी शान्ति प्रक्रियापछि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । त्यसबेला महासंघकै अगुवाइमा श्रमिकको न्युनतम पारिश्रमिक तोक्ने, श्रमिकलाई स्थायी बनाउने, सामाजिक सुरक्षा कोष सम्बन्धी कानून निर्माण गर्ने लगायतका काम गरेको उनी बताउँछन् । मजदुर संगठनमा रहँदा उनले झापा, मोरङ र सुनसरी जिल्लामा काम गरेका थिए ।
२०७० सालदेखि गौतम ओखलढुंगा जिल्लाको पार्टी अध्यक्ष भए । २०७२ सालदेखि जिल्ला पार्टीको इन्चार्ज रहेका उनी पार्टीको केन्द्रीय सदस्य समेत रहेका थिए । उनले यसअघि कुनै राजकीय भूमिका पाउने अवसर पाएका थिएनन् ।
२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका थिए तर सांसद हुने अवसर पाएनन् । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट पार्टीका जिल्ला अध्यक्ष मोहनकुमार खड्का उम्मेदवार हुँदा इन्चार्ज रहेका गौतमले छाड्नुपरेको थियो ।
यस पटकको निर्वाचनमा ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र (२) बाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहितको लोकतान्त्रिक गठबन्धनको सहयोगमा उनी निर्वाचित भए । कांग्रेस र एकीकृत समाजवादीको सहयोगमा निर्वाचित भएका गौतमलाई सभामुखमा भने तत्कालीन विपक्षी एमालेले समर्थन गरेको थियो । लोकतान्त्रिक वाम गठबन्धनबाट जितेका गौतमलाई सभामुख बनाउन वाम गठबन्धनले साथ दिएको थियो । राजनीतिमा नयाँ समीकरण बन्दा गौतम सभामुख भएका हुन् ।
कांग्रेस सहितको गठबन्धनबाट प्रदेश सभामा निर्वाचित भएका गौतमलाई सभामुखमा निर्वाचित गर्न नेकपा एसले पनि समर्थन गरेको थियो तर उनीविरुद्ध नेपाली कांग्रेसले पनि उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका थिए ।
उनले राजनीति शास्त्रमा आईएसम्मको अध्ययन गरेका गरेका छन् । जनयुद्धमा होमिएका कारण थप अध्ययनलाई अगाडि बढाउन नसकिएको उनले बताए ।
सभामुखमा निर्वाचित भएपछि नयाँ जिम्मेवारी थपिएको भन्दै उनले भूमिकालाई सफलतापूर्वक सम्पन्न गर्ने बताए । कानून निर्माण प्रक्रियाबारे पर्याप्त ज्ञान नभए पनि सबैको सहयोगमा जिम्मेवारी पूरा गर्ने उनको प्रतिबद्धता छ ।
उनी जनयुद्धमा सरकार तथा तत्कालीन विद्रोही माओवादीबाट घाइते, बेपत्ता परिवारका लागि राहत दिने खालको कानून बनाउन पहल गर्न आफ्नो भूमिका हुने बताउँछन् । ‘हामीलाई मार्छाैं भन्ने र हामी पनि मार्छाैं भन्ने दुवै नेपाली दाजुभाइ हुन्,’ उनले भने, ‘तत्कालीन नेपाली सेना द्वन्द्वको नेतृत्व गर्ने माओवादी भए पनि दुवैलाई राहत दिन मिल्ने खालको कानून बनाउन आफ्नो पहलकदमी रहन्छ ।’
महत्त्वपूर्ण जिम्मेवारी दिएको अनुभूति गरेको भन्दै उनले १ नम्बर प्रदेशको नामकरण गर्न पनि आफ्नो पहलकदमी रहने बताए । ‘हिजोसम्म म माओवादी थिएँ तर अब म सबैको भइसकेकाले प्रदेश सभामा महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने ।
जनयुद्धमा हिँड्दा धेरै दिन अनिन्द्रा र भोकै बसेका गौतमले आफूले भाटे कारबाही कसैलाई नगरेको बताए । ‘हामीले जसलाई फटाहा भन्यौं, उसलाई सम्झाएर संगठनमा पार्न बल गर्यौं तर भाटे कारबाही गरेनौं,’ उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेश गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया शुरू भएको छ । उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रत...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल &...
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको म...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र...
महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीका अनुसार सोमवार महान्...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...