१९ असार २०८३, शुक्रबार

तीन वर्षपछि हलमा साम्राज्ञी

तीन वर्षपछि हलमा साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन वर्षभन्दा लामो समयपछि चलचित्रमा देखिएकी छिन् । 

उनको शीर्ष भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ शुक्रबारदेखि हलमा प्रदर्शनरत छ ।

२०७६ साल असोजमा प्रदर्शनमा आएको ‘रातो टीका निधारमा’पछि साम्राज्ञी यस चलचित्रमार्फत हलको पर्दामा देखिएकी हुन् । 

रमेश एमके पौडेलको निर्देशनमा तयार ‘तिम्रो मेरो साथ’मा पुष्प खड्का, सन्दीप क्षेत्री लगायतको समेत शीर्ष भूमिका छ ।

साम्राज्ञीको चलचित्र लामो समयपछि प्रदर्शनमा आएपछि हलमा दर्शकहरुको भने खडेरी देखिएको छ । 

उसो त उनलाई राम्रो स्टारडम भएकी अभिनेत्रीका रुपमा लिने गरिएको छ ।

उनको नामले पनि चलचित्रले इनिसियल व्यापार राम्रो गर्ने विश्वास लिने गरिएको थियो । यद्यपि, यसपटक हलमा भने उनको स्टारडम देखिएन । अर्थात् चलचित्रको व्यापार दयनीय रहेको हलवालाहरुको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्