०३ साउन २०८३, आइतबार

रात्रिकालीन टेबल टेनिस : सुनिल र रोनिशालाई स्वर्ण

रात्रिकालीन टेबल टेनिस : सुनिल र रोनिशालाई स्वर्ण

चौथो मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगिताको मुख्य इभेन्ट्स मेन्स र लेडिज सिंगल्स दुबैमा ललितपुर महानगरपालिका वडा नम्बर १२ विजेता भएका छन्। शनिवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको मेन्स  सिंगल्समा सुनिल महर्जनले वडा ७ का डिकेन महर्जनलाई ४-१ को सेटमा पराजित गरे।

त्यस्तै लेडिज लेडिज सिंगल्समा वडा १२ की रोनिसा महर्जनले वडा नम्बर ८ की सुरम्या शाक्यलाई ४-१ ले पराजित गर्दै स्वर्ण पदक जितिन्।

यो नतिजा सँगै ललितपुर वडा नम्बर १२ ले कुल ५ स्वर्ण र ४ कांस्य जित्दै टिम च्याम्पियन बनेको छ। त्यस्तै वडा नम्बर १९ ले २ स्वर्ण र १ कांस्य जितेर दोस्रो स्थान हात पारे भने १ स्वर्ण, २ रजत र ३ कांस्य जितेर वडा नम्बर १६ ले तेस्रो स्थान हात पारे। 

शनिवार नै सम्पन्न १६ वर्ष मुनिको गर्ल्स फाइनलमा राष्ट्रिय खेलाडी इभाना थापाले स्वर्ण पदक जितेकी छिन्। वडा १२ की थापाले प्रतिद्वन्द्वी वडा नम्बर १६ की अंकिता बज्राचार्यलाई ४-० को सोझो सेटमा पराजित गरिन्।

ललितपुर जिल्ला टेबल टेनिस सङ्घ, ललितपुर वडा नम्बर १२ र युवा क्लब ह:खाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत शनिवार भएको यु-१६ ब्वाइजमा वडा नम्बर १३ का आयुष भारतीले स्वर्ण जिते।

उनले वडा ७ का एलेन महर्जनलाई ४-१ को सेटमा हराएका हुन्। त्यस्तै ४० वर्ष माथिको भेट्रान पुरुषको फाइनलमा वडा नम्बर १९ का निकेनमान प्रधानले वडा नम्बर १८ का ठाकुर थापालाई ४- ० ले पराजित गरे भने ५० वर्ष माथिको भेट्रान्समा वडा ११ का राजेन्द्र बज्राचार्यले वडा २० का सुरेश बज्राचार्य ४-० ले हराएर स्वर्ण जिते।

त्यस्तै मेन्स टिम इभेन्ट्समा वडा नम्बर १२ ले वडा नम्बर ७ लाई हराएर टिम च्याम्पियन बनेको छ। कुल ६ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ५ सय भन्दा वढी खेलाडिहरुको सहभागिता थियो।

salt training

कमेन्ट गर्नुहोस्