३१ असार २०८३, बुधबार

स्वस्थानी मेला : साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

स्वस्थानी मेला : साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ ।

शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको जानकारी दिए । 

काठमाडौँको उत्तरी भाग शङ्खरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्