०८ साउन २०८३, शुक्रबार

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतलाई भेट्न पुगे गृहमन्त्री

माइतीघरमा धर्नामा रहेका रुवी खानलगायतलाई भेट्न पुगे गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा धर्नामा रहेकी महिला अधिकारकर्मी रुवी खानसहितका प्रतिनिधिलाई आज भेट गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित गरी अनुसन्धानमा सघाउन आग्रह गरेका छन्। 

भेटका क्रममा गृहमन्त्री लामिछानेले सरकार समक्ष राखेका मागका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेकाले धर्ना अन्त्य गरी छलफलमा आउन आग्रह गरे । माइतीघरमा पुगेर गरिएको उक्त भेटघाटमा गृहमन्त्री लामिछानेसहित गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । 

महिलाले नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै दुई साताभन्दा बढी समयदेखि माइतीघरमा धर्ना हुँदै आएको छ । “गृहमन्त्रीज्यूबाट चिसोमा नबसिदिनुहोस्, माग सम्बोधन गर्न तयार छौँ, कुनै त्रुटि छ भने भन्नुहोस् शङ्का लागेको छ भने पनि जानकारी दिनुहोस् हामी फेरि हेर्छौं, अनुसन्धान गर्छौं”, भेटघाटमा सहभागी गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उद्धृत गर्दै भने, “कमजोरी भए त्यो पनि भन्नुहोस्, गल्ती गर्नेलाई कारबाही गर्न तयार छौँ भन्ने कुराहरू भयो ।”
  
उक्त भेटमा आन्दोलनरत रुवी खानलगायतका प्रतिनिधिहरूले उक्त घटनाको सन्दर्भमा न्यायिक जाँचबुझ आयोग गठन गरे मात्रै आन्दोलन स्थगित गर्ने बताएका थिए । 

सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विशेष टोली परिचालन गरी घटनाबारे छानबिन गरिरहेकाले धर्ना र आन्दोलनका सबै गतिविधि स्थगित गर्न लामिछानेले आग्रह गरेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्