२४ जेठ २०८३, आइतबार

आजको मौसम : पहाडी भूभागमा सामान्य बदली

आजको मौसम : पहाडी भूभागमा सामान्य बदली

आज देशभरीका पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले तराईको जनजीवन प्रभावित हुने विभागको भनाइ छ ।

देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा सामान्य बदली रहने छ । आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ । त्यस्तै, माघ २ गते सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

सोहीअनुसार माघ ३ गते मंगलबार सुदूरपश्चिम, कर्णाली, प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । 

तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्नेहुनाले केही भूभागमा बादल लागेर दैनिक जनजीवन प्रभावित हुने विभागले जनाएको छ । चिसोबाट बच्न विशेष सतर्कता अपनाउन पनि आग्रह गरेको छ । कुहिरोका कारण केही ठाउँमा हवाई उडान प्रभावित हुने विभागको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्