
सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै मंबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
बैठकले विमान दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो ।
बैठकले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दिवंगतहरूमा श्रद्धाञ्जली र परिवारजनमा समवेदना पनि अर्पण गरेको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान ११ बजे सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। जहाँ ७२ जना सवार थिए।