१२ असार २०८३, शुक्रबार

विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

पोखरामा भएको यती एअरको विमान दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्। 

काठमाडौंबाट पोखरा उडेको विमान आज बिहान ल्याण्डिङ हुने समयमा सेती खोँचमा ११ बजेतिर दुर्घटनाग्रस्त भएको थियो। विमानबाट हालसम्म कसैलाई पनि जीवित उद्धार गर्न सकिएको छैन। विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए।  

रष्ट्रपतिबाट जारी सन्देशमा भनिएको छ- यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

salt training

कमेन्ट गर्नुहोस्