२० असार २०८३, शनिबार

विमान दुर्घटनाको सूक्ष्म अध्ययन गर्न शेखर कोइरालाको माग

विमान दुर्घटनाको सूक्ष्म अध्ययन गर्न शेखर कोइरालाको माग

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यती एअरको विमान दुर्घटनाको सूक्ष्म अध्ययन गर्न सरकारसँग माग गरेका छन्। 

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको थियो। जसमा चालक दलका चार जना पनि थिए। उक्त दुर्घटनाले आफू स्तब्ध भएको भन्दै उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना दिए। 

कोइरालले नेपाली आकाश किन यति धेरै असुरक्षित भन्दै प्रश्न पनि गरेका छन्। साथै बारम्बार भइरहेका विमान दुर्घटना फेरि नहोस् भन्दै सरकारलाई गम्भीर हुन उनले आग्रह गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्