
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा रामकृष्ण बराल (काठमाडौं) निर्वाचित भएका छन् । समाजका २५ औं राष्ट्रिय परिषद बैठकले बराललाई सभापतिमा निर्वाचित गरेको हो । समाजको बरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल (पाल्पा) निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनमा उपसभापतिमा राजेन्द्र पौडेल (चितवन) र उपसभापति महिलातर्फ पुष्पा मल्ल (सुर्खेत) निर्विरोध निर्वाचित भए ।
यसैगरी महासचिवमा काठमाडौंका रेनुका पौडेल, कोषाध्यक्षमा किरण ढकाल, प्रदेश १ सचिवमा लक्ष्मीनारायण मिश्र (तेह्रथुम), मधेश प्रदेश सचिवमा अमरबहादुर गौतम (पर्सा), वागमती प्रदेश सचिवमा चन्द्रमणी बञ्जारा (ललितपुर), गण्डकी प्रदेश सचिवमा सिताराम तिवारी (गोरखा), लुम्बिनि प्रदेश सचिवमा सन्तोष अधिकारी क्षेत्री (नवलपरासी पश्चिम), कर्णाली प्रदेश सचिवमा प्रकाश शाही (सुर्खेत), सुदुरपश्चिम प्रदेश सचिवमा भक्तबहादुर विश्वकर्मा (कैलाली), सचिव आदिवासी जनजाती रामप्रसाद जोशी (नुवाकोट), सचिव मधेशीमा सन्तोषकुमार रौनियार (सुनसरी), सचिव दलितमा निर्मल नेपाली (दाङ) र सचिव महिलातर्फ मीना ढकाल (रुपन्देही) निर्विरोध निर्वाचित भएको समाजले जनाएको छ ।
यसैगरी ४ जना महिला सदस्यमा नम्रता खरेल (काठमाण्डौ), फूलमाँया सुनार (रुपन्देही), जानुका अधिकारी (नुवाकोट), मिरादेवी अधिकारी (बारा) र सदस्य खुलातर्फ ६ पदमा धनपति खनाल (रुपन्देही), ज्ञानेन्द्र निरौला (झापा), तुलसीराम सुनार (दाङ), विनोद अधिकारी (चितवन), दिल्लीप्रसाद जैसी (सल्यान) र देवराज भट्टराई निर्विरोध निर्वाचित भए । निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमाणपत्र प्रदान गरेको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।