
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालू परीक्षा नरोकिने जनाएको छ ।
पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते देशभर शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ ।
त्रिविको मानविकि तथा समाजशास्त्र संकायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकि संकायले सञ्चालन गरेको परीक्षा माघ २ गते नरोकिने बताए । उनले आइतवार सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिए पनि मानविकी संकायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए ।