०३ असार २०८३, बुधबार

राष्ट्रिय दोहोरी प्रतियोगितामा रुपन्देही पहिलो

राष्ट्रिय दोहोरी प्रतियोगितामा रुपन्देही पहिलो

चितवन महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही पहिलो भएको छ । पहिलो भएको रुपन्देहीले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको महोत्सवका सांस्कृतिक संयोजक नारायण प्रधानले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा दोस्रो भएको छ । 

संयोजक प्रधानकाअनुसार दोस्रो भएको गोरखाले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । पुस २८ गतेदेखि शुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगितामा विभिन्न आठ जिल्लाका कलाकारको सहभागिता थियो । प्रतियोगितामा पहिलो र दोस्रो हुने कलाकारलाई पुरस्कार वितरण गरिएको प्रधानले जानकारी दिए । 

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत हास्य प्रहसन तथा नृत्य प्रस्तुत भएको प्रधानको भनाइ छ । प्रधानकाअनुसार हास्य कलाकारहरु राजु मास्टर, बल्छी ध्रुवे, मास्टरनी, रजनी गुरुङ (मङ्गली) लगायतका कलाकारले प्रस्तुति गरेका थिए । त्यस्तै, विभिन्न संघ संस्थाले जातजातिको मौलिक नृत्यसँगै आधुनिक गीत तथा नृत्य प्रस्तुत गरेको प्रधानले बताए । 

salt training

कमेन्ट गर्नुहोस्