२९ जेठ २०८३, शुक्रबार

रास्वपाले भन्यो – हवाई दुर्घटनाको छानबिन विगतमा जस्तो औपचारिक नगरी सत्यतथ्य ल्याउनुपर्छ

रास्वपाले भन्यो – हवाई दुर्घटनाको छानबिन विगतमा जस्तो औपचारिक नगरी सत्यतथ्य ल्याउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आइतवार एक विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

रास्वपाले घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

दुर्घटनाको कारण पहिचान गर्न सरकारद्वारा ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरेको भन्दै रास्वपाले छानबिन समितिले विगतमा जस्तो औपचारिक ढंगले कार्य नगरी घटनाको सत्यतथ्य प्रकाशमा ल्याउनुपर्ने बताएको छ ।

प्रवक्ता डा. ढकालले भावी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजगतापूर्ण सहकार्य गर्न सरोकारवाला पक्षसँग अनुरोध गरेका छन् । पार्टीले विद्यमान हवाई सम्बन्धी नीति नियमको कडाईका साथ पालना तथा पुनः मूल्यांकन गर्न समेत माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्