२२ असार २०८३, सोमबार

देवघाटमा भक्तजनका घुइँचो

देवघाटमा भक्तजनका घुइँचो

माघे संक्रान्ति पर्वको अवसरमा तनहुँ र चितवनको देवघाट धाममा भव्य मेला लागेको छ । मेला भर्ने भक्तजनको त्यहाँ घुइँचो लागेको छ । 

आइतबार बिहानैदेखि देवघाट धाममा मकर स्नान गर्ने भक्तजनको भीड लागेको हो । कालीगण्डकी, त्रिशुली र नारायणकी नदीको संगममा मकर स्नान गर्न देशभरका विभिन्न स्थानबाट भक्तजनहरु देवघाट पुगेका थिए । 

माघे संक्रान्तिको अवसरमा देवघाट, म्याग्दीको गलेश्वर, त्रिशूली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदैजान्छ । 

माघ १ गते तराईका प्रमुख थारु समुदायले माघी पर्व मनाएका छन् । मगर समुदायले पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरी माघे संक्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्