२५ जेठ २०८३, सोमबार

विमान दुर्घटनाको शोकमा आज यती एअरलाइन्सका सबै उडान रद्द

विमान दुर्घटनाको शोकमा आज यती एअरलाइन्सका सबै उडान रद्द

पोखरामा आइतबार आफ्नो जहाज दुर्घटना भएपछि यती एअरलाइन्सले आज हुने आफ्ना सम्पूर्ण नियमित उडानहरू स्थगित गरेको छ। 

आइतबार साँझ एक सूचना जारी गर्दै यती एअरलाइन्सले विमानमा सवार मृतक यात्रुहरूको शोकमा आफ्ना नियमित उडानहरू रद्द गरिएको जानकारी दिएको हो। यद्यपि आपतकालीन र उद्धारका उडाहरू भने सञ्चालन हुने उसले जनाएको छ। 

आइतबार बिहान यतीको ९ एनएसी एटीआर ७२ विमान सेतीखोँचमा दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। हालसम्म ६८ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने अन्य अझै बेपत्ता छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्