०२ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
फाइल फोटो

दाङको घोराही उपमहानगरपालिका–१६ बेसाईस्थित सर्रा सौडीयार सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सौडीयारबाट सर्रातर्फ जाँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक र सवार गरी २ व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २१ वर्षीय सुशील चौधरी र पछाडि बसेका १८ वर्षीय विवेक चौधरी रहेका छन् । दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्