०७ असार २०८३, आइतबार

नाबालक भान्जाको हत्या गर्ने मामा पक्राउ

नाबालक भान्जाको हत्या गर्ने मामा पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले नाबालकको हत्या गर्ने १ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले भान्जाको हत्या गर्ने बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीलाई आइतवार साँझ नियन्त्रणमा लिएको हो ।

पुरीले खुर्पा प्रहार गरी आइतवार दिउँसो आफ्नै आँगनमा रहेको मन्दिर परिसरमा ८ वर्षीय भान्जा भिजन घर्तीको हत्या गरेका थिए । स्थानीयका अनुसार मन्दिरमा बालक खेलिरहेको अवस्थामा पुरीले एक्कासि खुर्पा प्रहार गरी टाउको गाडेका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले पुरीको मानसिक सन्तुलन ठीक नभएको जनाएको छ । ‘खुर्पाले घाँटी रेटेपछि बालकको टाउको र शरीर अलग–अलग भएको रहेछ, हत्या गरेर गाउँतिरै डुलिरहेको अवस्थामा स्थानीयले प्रहरीको जिम्मा लगाएका छन्,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले भने, ‘प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाउनेछ ।’

घटनालगत्तै ईलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्