०५ असार २०८३, शुक्रबार

विमान दुर्घटना : बुचा परिवारले दुःख गरेर डाक्टर बनाएका रूपन्देहीका गणेश सेती खोचमा अस्ताए

माघ २, २०७९
विमान दुर्घटना : बुचा परिवारले दुःख गरेर डाक्टर बनाएका रूपन्देहीका गणेश सेती खोचमा अस्ताए

रूपन्देहीको तिलोत्तमा–४ डिंगरनगरका डा. गणेश थापाले आइतवार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका छन् ।

ब्रिटिश वेलफेयर पोखरामा कार्यरत ३६ वर्षीय डा. थापा परिवारका एक्ला छोरा थिए । 

थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो । डा. थापाकी बहिनी यशोदा रानाका अनुसार गणेशले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए ।

पोखरामा काम गर्नुअघि डा. थापाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका डा. थापालाई नजिकबाट चिन्ने रवि रानाले बताए । चिकित्सक समेत रहेकी डा. थापाकी पत्नी रोनी महर्जन र २ वर्षीया छोरी काठमाडौंमा बस्थे । उनकी पत्नी महर्जनले काठमाडौंमा एमडी गरिरहेकी छन् ।
 
बुवा पदमबहादुर बुचा र आमा सूर्यकुमारी बुचाका १ मात्र छोरा थिए डा. गणेश । चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुःख गरेर छोरालाई चिकित्सक पढाएका थिए । दुर्घटनामा छोराको मृत्यु भएको खबर बुचा परिवारले पत्याउन सकेका छैनन् । 

काठमाडौंमा शव बुझेपछि उनको दाहसंस्कार गर्न रुपन्देही ल्याउने तयारी भइरहेको छ । डा. गणेशले विद्यालय तह रुपन्देहीको सिद्धार्थ बोर्डिङ स्कूल र प्लस टु बुटवलको ग्लोरियस कलेजबाट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्