१० साउन २०८३, आइतबार

विमान दुर्घटना : पोखराको लेकाली होटलमा मृतकका आफन्तलाई राखिने

विमान दुर्घटना : पोखराको लेकाली होटलमा मृतकका आफन्तलाई राखिने

नागरिक उड्ड्यन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका आफन्तहरूलाई लेकाली होटल पोखरामा खाना र बस्नका लागि व्यवस्था मिलाइएको जनाएको छ। 

हिजो बिहान विमान दुर्घटनाग्रस्त भएपछि त्यसमा सवार यात्रुहरूको शव अहिले पोखराको गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ। 

मृतकहरूका आफन्तको शव परीक्षण र सनाखतका लागि अहिले चिकित्सकहरू काठमाडौंबाट जाने क्रममा छन्। उनीहरू त्यहाँ पुगेपछि शवहरूको सनाखतको क्रम चल्नेछ। धेरैजसो शव पहिचान हुन समय लाग्ने भएकाले उनीहरूका आफन्त र परिवारजनलाई पोखरामा राख्ने व्यवस्था प्राधिकरणले मिलाएको हो। 

विमानमा रहेका सबै ७२ जनाकै निधन भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्