
हिजो (माघ १ ) पोखराको सेतीखोँचमा भएको यती एअरको विमान दुर्घटनामा अज्ञात रहेका चार जनामध्ये एक जनाको शव गोताखोरको टोलीले पानीबाट निकालेको छ।
६८ जनाको शव भेटिएको र ती शवलाई अहिले गण्डकी प्रादेशिक अस्पतालमा सनाखतका लागि राखिएको छ।
एक जनाको भने शव भने आज ३ बजेतिर सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीबाट निकालेका हुन्। उक्त शवलाई अस्पताल लगिएको छ भने बाँकी ३ वटा शवको खोजी कार्य जारी छ।