२४ जेठ २०८३, आइतबार

'स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छ'

'स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छ'

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन्।

सोमबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरे।

उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए। उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

महासचिव पोखरेलले अनेरास्ववियुलाई अर्गानिक अनेरास्ववियु बनाउन निर्देशन दिए। महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको पनि बताए।

सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उनले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्द्धन गर्ने बताए। 

एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दा भने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरे।

नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको उनले उल्लेख गरे। महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजानसक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरे।

एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको पनि उनले दाबी गरे। एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उनको भनाइ थियो।

एमालेले देशको विकास र समृद्धिमा धेरै ठूलाठूला काम गरेको भए पनि ती कामहरुलाई जनताबीच स्थापित गराउन नसकेको उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्