२९ जेठ २०८३, शुक्रबार

सवारी दुर्घटनामा दुईको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–५ गोठ टोलस्थित सडकमा प्र.२–०१–००३ प. ५२९७ नम्बरको मोटरसाइकल र डब्लुबि ६५ डि ७४३९ नम्बरको ट्रक एकापसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुखिपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, नवलपरासीपश्चिम सुनवल नगरपालिका–१२ भुमहीस्थित सडकमा लु.२ ख १२२६ नम्बरको बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एकापसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कारका चालक अर्घाखाँची घर भई कपिलवस्तु वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्