२५ जेठ २०८३, सोमबार

नहरमा डुबेर एकको ज्यान गयो

नहरमा डुबेर एकको ज्यान गयो

बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय हिमाल थापाको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

नहरमा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गरेको थियो । सो क्रममा नहरमा उनको शव प्रहरीले फेला पारेको थियो ।    घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्