३० जेठ २०८३, शनिबार

ट्रकको ठक्करबाट १ जनाको मृत्यु

ट्रकको ठक्करबाट १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सिरहाको धनगढीमाईमा मंगलवार बिहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ ।

धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी ६५वी ७४३९ नम्बरको ट्रकको ठक्करबाट सिरहाकै सुखीपुर नगरपालिका–८ का अन्दाजी ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सख्त घाइते साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्‍याए पनि उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्स्च्यिुटका प्रिन्सिपल तथा बाली विशेषज्ञ हुन् । बिदाको दिन भए पनि इन्स्च्यिुटकै कामले गोलबजार आउँदै गर्दा दुर्घटना भएको इन्स्च्यिुटका सञ्चालक समिति सदस्य बासना मोक्तानले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्