
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । मन्त्री चयनमा आफ्नो दललाई बेवास्ता गरिएको भन्दै जसपाले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
आफ्नो दलले तीनवटा मन्त्रालय दाबी गरे पनि सत्ता गठबन्धनले दुईवटा दिन खोजेको र रोजेको मन्त्रालय पनि नदिएको जसपाको आरोप छ । जसपाको भागमा वन र महिला बालबालिका मन्त्री भागमा परेको थियो ।
तर राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहित विभिन्न संवैधानिक पदहरूमा छलफल गरी आफूहरूलाई हिस्सा दिन गठबन्धन दल तयार नभएकोले यादवले असन्तुष्टि जनाएका हुन् ।
‘हाम्रो अध्यक्ष नै वार्तामा सहभागी हुनुभएको हो । हामीले पनि जसपा तत्काल सरकारमा नजाने भन्ने सुन्यौं,’ नेता राजकिशोर यादवले भने, ‘आफूले मागे जति संख्या र मन्त्रालय नपाउँदा अध्यक्षले चित्त नबुझाउनु भएको होला ।’