राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकको ठूलो पंक्तिको असहमतिबीच मन्त्री बन्ने अग्निपरीक्षामा आफू होमिएको बताएका छन् ।
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बन्नुअघि उनले ट्वीटरमा लेख्दै ढिलोचाँडो यस्तो परीक्षामा होमिनुपरे पनि आफू खरो उत्रिने पनि बताए ।
‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगें,’ उनले भनेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रिनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।’
लिङ्देन पहिलोपटक मन्त्री भएका हुन् ।