×

NMB BANK
NIC ASIA

न जिम्मेवारी, न आवास

कर्णालीमा विनाविभागीय मन्त्रीको बिजोग– एकजना आफन्तकोमा, अर्काको होटलमा बास

माघ ३, २०७९

NTC
शपथ लिँदै विनाविभागीय मन्त्रीद्वय : फाइल फोटो
Premier Steels

कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित दुई मन्त्री नियुक्त भएको ६ दिन बित्दैछ । मुख्यमन्त्री राजकुमार शर्मा पदबहाली भएकै दिनदेखि वीरेन्द्रनगर ७ स्थित सरकारी निवासमा बस्न थालेका हुन् । 

Muktinath Bank

सत्ता साझेदार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच मुख्यमन्त्रीबाहेक बाँकी रहेका ६ मध्ये समान ३–३ मन्त्रालय लिने सहमति भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयको संख्या भागबण्डामा सहमति जुटे पनि कुन मन्त्रालय कसले लिने भन्नेमा कुरा अझै मिल्न सकेको छैन, त्यसले गर्दा पुस २८ गते शपथ लिएका मन्त्रीद्वय एमालेका विनोदकुमार शाह र माओवादी केन्द्रका मंगलबहादुर शाहीले पदबहाली गर्न पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

उनीहरू अझै विनाविभागीय छन् । सत्ता साझेदार प्रमुख दल एमाले र माओवादी केन्द्रबीच कुरा नमिल्दा मुख्यमन्त्री शर्माले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।

Vianet communication

मुख्यमन्त्री शर्मा तथा मन्त्रीद्वय

विनाविभागीय मन्त्रीद्वय शाह र शाहीलाई मन्त्रालयको जिम्मेवारीमात्र होइन, निवाससमेत उपलब्ध गराइएको छैन । शाह वीरेन्द्रनगर २ स्थित आफन्तको घर र शाही मंगलगढी चोकस्थित सम्राट होटलमा बसिरहेका छन् । मन्त्रीद्वयले मन्त्रालयको टुंगो लाग्न समय लागे पनि मुख्यमन्त्री कार्यालयले कम्तीमा निवासको प्रबन्ध मिलाइदिनुपर्ने बताएका छन् । 

‘भाञ्जाको घरमा बसिरहेको छु । छुट्टै निवास नहुँदा भेटघाटमा समस्या हुँदोहरेछ,’ मन्त्री शाहले भने, ‘कम्तीमा क्वार्टरको व्यवस्थापन गरिदिनुपर्ने हो । यो भनिरहनुपर्ने कुरा होइन, मुख्यमन्त्री कार्यालयले आफैं बुझ्नुपर्ने हो ।’ 

अर्का विनाविभागीय मन्त्री शाहीले पनि आफू होटलमा बसिरहेको बताए । 

‘होटलमै छु, मन्त्री निवासमा सर्ने खबर आएको छैन, शायद निवर्तमान मन्त्रीहरू सर्दै हुनुहुन्छ कि ?’ उनले भने । यद्यपि अधिकांश मन्त्रीहरूले नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै सरकारी निवास छाडिसकेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीबाहेक सबै मन्त्रीले निवास खाली गरिसकेका हुन् ।

मन्त्रालयको कार्य विभाजनमा ढिलाइ हुँदा र निवास पनि नपाउँदा समय बिताउन गाह्रो भइरहेको गुनासो मन्त्रीहरूले गरेका छन् । विनाविभागीय मन्त्रीद्वयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्रीको सचिवालयका कर्मचारी बस्ने ठाउँमा कार्यकक्ष व्यवस्थापन गरिएको छ । 

मुख्यमन्त्रीको सचिवालयको कार्यकक्षमा दिनभर बस्न मन्त्रीहरू तयार छैनन् । पार्टी कार्यालय र होटलमै उनीहरूको समय व्यतीत हुने गरेको छ । 

एमालेबाट विनाविभागीय मन्त्री नियुक्त शाह दिउँसो प्रदेश पार्टी कार्यालय र बिहान–बेलुका घरमै भेटघाटमा व्यस्त हुने गरेका छन् । माओवादी केन्द्रका शाहीले पनि अधिकांश समय होटल र पार्टी कार्यालयमै बिताउने गरेका छन् । कर्णालीमा हालसम्म मन्त्रिपरिषद् बैठक पनि बसेको छैन । त्यसले गर्दा मुख्यमन्त्री कार्यालयमा मन्त्रीहरूको आउजाउ कमै हुने गरेको छ । 

कर्णाली प्रदेशसभाले आइतबार सभामुख पाइसकेको छ । सोमबार बस्ने भनिएको प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने कार्यसूची थियो । तर पोखरामा विमान दुर्घटनापछि नेपाल सरकारले शोक बिदा घोषणा गर्दा प्रदेशसभा बैठक मंगलवारका लागि सरेको छ । उक्त बैठकले उपसभामुख निर्वाचनको कार्यक्रम तय गर्नेछ ।

मुख्यमन्त्रीले सभामुख र उपसभामुख निर्वाचनपछि विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । कर्णालीमा नवनियुक्त मन्त्रीहरूले जिम्मेवारी पाउन अझै कम्तीमा एक साता कुर्नुपर्ने देखिन्छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमप्रसाद आचार्यले मन्त्री निवासको रूपमा प्रयोग हुँदै आएका भवनहरू सम्बन्धित मन्त्रालयकै नाममा रहेकाले समस्या भएको बताए । 

‘केन्द्रमा शहरी विकास मन्त्रालय मातहत जस्तो यहाँ छैनन्, सम्बन्धित मन्त्रालयले रेखदेख, मर्मत एवं व्यवस्थापन गर्दै आएको अवस्था छ,’ उनले भने, ‘मन्त्रीज्यूहरूको कार्यविभाजन नहुँदा समस्या भएको हो, यसबारे मुख्यमन्त्रीको पनि ध्यानाकर्षण भइसकेको छ । कर्णालीमा चार मन्त्रालयको मात्र आवासीय भवन छ । बाँकी दुई मन्त्रालयको आफ्नै आवासीय भवन छैन । विगतमा दुई मन्त्रालयका मन्त्री भाडाको निजी घरमा बस्दै आएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x