०४ असार २०८३, बिहीबार

मेलिना राईले स्थगित गरिन् पोखराको कार्यक्रम, भनिन्,– ‘त्यहाँ प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’

मेलिना राईले स्थगित गरिन् पोखराको कार्यक्रम, भनिन्,– ‘त्यहाँ प्रस्तुति दिन मेरो अन्तर आत्माले दिएन’

चर्चित गायिका मेलिना राईले पोखरा महोत्सवमा तय भएको आफ्नो साङ्गीतिक प्रस्तुति रद्द गरेकी छिन् ।

राईको आज (मंगलवार)बेलुका महोत्सवमा प्रस्तुति तय गरिएको थियो ।

पोखरामा दुःखद् घटना घटेपछि उनले आफ्नो प्रस्तुति रद्द गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

उनले स्टाटसमार्फतआफू उपस्थिति हुन नसक्ने भएकोमा आयोजकसँग माफी समेत मागेकी छिन् ।

उनले लेखेकी छिन्, ‘पोखरामा त्यत्रो दुर्घटना भए लगत्तै कार्यक्रम मनाउन मैले सकिनँ । मेरो मर्यादा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन त्यसैले कार्यक्रममा उपस्थिति जनाउन सकिनँ ।’

उनले आफ्नो प्रिय पोखरालाई पछि भेट्ने वाचा गरेकी छिन् ।

आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ७० जनाको शव फेला पारिएको छ । दुई जना अझै बेपत्ता छन् । विमान दुर्घटनापछि अन्य कलाकारहरूले समेत पोखरामा र आसपासका क्षेत्रमा सांगीतिक प्रस्तुति तत्काललाई स्थगित गर्न थालेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्